फेरि सभापति जित्ने देउवा नै हो : मन्त्री रेग्मी

फेरि सभापति जित्ने देउवा नै हो : मन्त्री रेग्मी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मीले शेरबहादुर देउवा फेरि पार्टी सभापति निर्वाचित हुने बताएकी छन् ।

१४औं महाधिवेशन नजिकिँदै गर्दा मन्त्री रेग्मीले वर्तमान सभापति देउवा पुनः उठ्ने र जित्नेमा आफू विश्वस्त रहेको बताइन् ।

रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले पार्टीको उनले भनिन्, ‘उहाँ फेरि सभापतिमा उठ्नुहुन्छ । अरुले पनि प्रतिस्पर्धा गर्न पाइन्छ । तर, उहाँ सभापति हुनुहुन्छ । उम्मेदवारी उहाँले दिनुहुन्छ । सभापति त मेची-महाकालीका प्रतिनिधिले छान्ने कुरा हो । डेलिगेट्सले भोलि देउवालाई बहुमत दिएपछि कसैले पनि विरोध गर्न मिल्दैन । निर्वाध रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अहिले यसो हेर्दा उहाँले जित्ने वातावरण देखिन्छ । उहाँलाई नै धेरै विश्वास गर्ने देखिएको छ ।’

नेतृ रेग्मीले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बन्यो भने राम्रो हुने पनि प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘उहाँहरु मिलेर जानुभयो भने राम्रो हुन्छ । म त मिल्न पनि आग्रह गर्छु । यो महाधिवेशन उहाँहरुको अन्तिम हो, उहाँहरु मिल्नुभयो भने पार्टीमा नयाँ उर्जा आउने थियो । नयाँ दिशामा जाने थियो ।’