साझा उम्मेदवार दिन नसके नेतृत्व देउवालाई सुम्पिदिए हुन्छ: महामन्त्री कोइराला

साझा उम्मेदवार दिन नसके नेतृत्व देउवालाई सुम्पिदिए हुन्छ: महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतर समूहबाट साझा उम्मेदवार दिन नसके नेतृत्व परिवर्तन गर्न नसकिने प्रष्ट पारेका छन् ।

हिजाे शुक्रबार संस्थापन इतर समूहको बैठकपछि पत्रकारहरुसँग महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने चार जना बीचमा साझा उम्मेदवार तय गर्न नसके सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने बताएका हुन् । साझा उम्मेदवार तय गर्नुको विकल्प छैन भन्दै कोइरालाले त्यसो गर्न नसके हार निश्चित हुने र आफू सहमति बनाउन आफू बाधक नबन्ने बताए ।

बैठकमा प्रकाशमान सिंह नभएकाले धेरै छलफल नभएको भन्दै उनले भने, ‘रामचन्द्र दाई, प्रकाशमानजी, शेखरदा र म बसेर सहमतिको प्रयास गर्छौं ।’ संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कोइराला दाजुभाइ नेतृत्वको आकांक्षी हुँदा संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति बिमलेन्द्र निधिले उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।