टी–२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज

टी–२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज



दुबई । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ । ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधिका लागि न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्न लागेका हुन् । पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई र अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै फाइनल पुगेका थिए ।

दुबै टोली पहिलो पटक ट्वेन्टी(ट्वेन्टीको विश्वकप विजेता बन्ने लक्ष्यमा छन् । न्यूजिल्याण्ड पहिलो पटक फाइनल पुगेको टोली हो । उता अष्ट्रेलिया उपाधिका लागि दोस्रो पटक खेल्न लागेको हो । यसअघि अष्ट्रेलिया सन् २ हजार १० को फाइनलमा इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको थियो ।

ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि वेष्टइण्डिजले दुई पटक उचाल्दा भारत, पाकिस्तान, इंग्ल्याण्ड र श्रीलंकाले एक(एक पटक उपाधि जितेका हुन् । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नेपाली समय अनुसार राति पौने आठ बजे शुरु हुनेछ ।