December 06, 2021 मंसिर २० , २०७८

प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा

प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा

काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ । कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए । प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ ।

तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।