कांग्रेस वडा समिति र गाउँपालिका सभापतिको उम्मेद्‍वारी शुल्क कति ?

कांग्रेस वडा समिति र गाउँपालिका सभापतिको उम्मेद्‍वारी शुल्क कति ?



काठमाडौं । नेपाली कांग्रेसले उम्मेद्‍वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्‍वारी शुल्क तोकेको हो । काग्रेसले गाउँपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि दुई हजार शुल्क तोकेको छ। यस्तै उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्य पदका लागि पाँच सय रकम तोकिएको छ ।

काग्रेसले गाउँपालिका/नगरपालिकाका वडा कार्यसमिति सभापतिका लागि पाँच सय तोकेको छ । यस्तै उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्यको लागि एक सय रकम तोकिएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेद्‍वारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।