जनसम्पर्क समितिसम्बन्धी कांग्रेसको ६ निर्णय

जनसम्पर्क समितिसम्बन्धी कांग्रेसको ६ निर्णय



काठमाडौं । नेपाली कांग्रेसको हिजो आइतबार सम्पन्न बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समितिसम्बन्धी ६ वटा महत्वपूर्ण निर्णय गरेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले गरेको निर्णय यस्ता छन्–

४. विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी
१. पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेश गरेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, वेलायत, साइप्रस, पोर्चुगल (छुट ४० जना) र क्यानडा स्थित नेपाली जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने ।

२. नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र नेपाली जनसम्पर्क समिति डेनमार्कका नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न चाहेमा र क्रियाशील सदस्यता पाउन विधान बमोजिम योग्यता पुगेका र आवेदन गरेका व्यक्तिले नयाँ सदस्यता लिन चाहेमा तोकिएको शुल्क लिई नवीकरण गरिदिने र नयाँ सदस्यता प्रदान गर्ने गरी उक्त देशबाट प्राप्त क्रियाशील सदस्यता स्वीकृत गर्ने ।

३. नेपाली जनसम्पर्क समिति इजरायल र पोर्चुगलबाट पठाइएको संशोधित विधानलाई स्वीकृत गर्ने ।

४. क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरुलाई एक हप्ता भित्र पठाउन निर्देश गर्ने ।

५. अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरुबाट प्राप्त प्रतिवेदन अनुसार पार्टीको चौधौ महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुको नामावली विवरण क्रमशः केन्द्रीय निर्वाचन समितिलाई उपलव्ध गराउने ।

६. यूरोपस्थित अष्ट्रिया देशमा बसोवास गर्ने १११ जना नेपालीहरुको उपस्थितिमा भेलाको आयोजना गरी, नेपाली जनसम्पर्क समिति स्थापना गरी आवद्धताका लागि हस्ताक्षर सहितको उपस्थितिको प्रतिलिपी, विधानको मस्यौदा लगायतका आवश्यक कागजात पेश हुन आएकोले, नेपाली जनसम्पर्क तदर्थ समिति अष्ट्रियालाई आवद्धता प्रदान गर्ने ।