कांग्रेस केन्द्रीय सभापतिका लागि ३० र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी शुल्क

कांग्रेस केन्द्रीय सभापतिका लागि ३० र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी शुल्क



काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ। प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हाजार र केन्द्रीय महासमिति सदस्यका लागि सात हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी शुल्क १० हजार
यसैगरी कांग्रेसले जिल्ला सभापतिको लागि उम्मेदवारी शुल्क १० हजार तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ । जिल्ला सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।