सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड

सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड



जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक–दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेका हुन् ।

आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गरे ।