November 30, 2021 मंसिर १४ , २०७८

प्रचण्ड निवासमा रामदेव

प्रचण्ड निवासमा रामदेव

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

खुमलटार पुगेर उनीहरूले प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्। प्रचण्डको निजी सचिवालयका अनुसार दुवै योग गुरु र प्रचण्डबीच समसामयिक विषयमा संवादसमेत भएको थियो।

रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटनका लागि नेपाल आएका हुन्।