ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व

ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व



ललितपुर, ४ मंसिर । नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएकाे छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो ।

ललितपुर १ ‘क’ मा मिलन सिलवाल र ‘ख’मा जगतबहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २ ‘क’ मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ ‘ख’मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।

३ ‘क’को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् । ३ ‘ख’मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीकाे विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।

ललितपुर २ ‘क’ मा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । निर्वाचन समितिका संयोजक कार्कीका अनुसार ‘क’ प्रदेशसभा सभापतिमा चन्द्रमान बज्राचार्य, उपसभापति नातीकाजी महर्जन र रवी महर्जन, सचिवमा सुरेन्द्र बज्राचार्य र सुदीप श्रेष्ठ, सहसचिवमा प्रमोदमान चित्रकार र महेश श्रेष्ठसहित २५ जनाको कार्यसमिति चयन भएकाे हाे ।