दाङबाट नाै प्रदेश प्रतिनिधि निर्विरोध

दाङबाट नाै प्रदेश प्रतिनिधि निर्विरोध



दाङ , ४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङमा समावेशी काेटातर्फ प्रदेश प्रतिनिधि चयन भएका छन् । ६ वटा प्रदेशसभा क्षेत्र रहेको दाङमा समावेशीतर्फ नाै जना प्रतिनिधि निर्विराेध भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा चुर्णबहादुर चौधरी थारु प्रदेश महाधिवेशनमा प्रतिनिधि निर्विरोध भएका छन् । थारु महिला कोटामा सरिता चौधरी निर्वाचित भएकी छ्न् । ‘ख’बाट थारु महिला कोटामा मधु चौधरी निर्विरोध भए ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश महाधिवेशन प्रतिनिधिसभामा आदिवासी जनजातितर्फ धुर्बकुमार पुन, खस आर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा मुस्लिमतर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध हुँदा १ (ख) मा खसआर्यतर्फ घनश्याम केसी र बिना न्यौपाने निर्विरोध भए । अन्य पदमा भने निर्वाचन हुने भएको छ ।

६ वटै प्रदेश सभापतिका लागि १३ जनाकाे उम्मेदवारी परेकाे छ । निर्वाचन क्षेत्र नम्बर ३ (ख)मा सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । योबाहेक अन्य पाँच निर्वाचन क्षेत्रमा भने दुई-दुई जनाले मनोनयन दर्ता गराएका छन्। नेतृत्व चयनका लागि शनिबार मतदानको हुँदैछ ।