November 30, 2021 मंसिर १४ , २०७८

कांग्रेस इलाम १ ‘ख’ सभापतिमा निश्कल राई

कांग्रेस इलाम १ ‘ख’ सभापतिमा निश्कल राई

इलाम । नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । राईले १ सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिस्पर्धीमध्ये श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ रसुवक श्रेष्ठले १४ मत प्राप्त गरेर पराजित भए ।

उपसभापतिमा पहलमान थापा र सुरेन पौडेल निर्वाचित भएका छन् । थापाले २ सय १९ मत र पौडेलले १ सय ९५ मत प्राप्त गरे ।

सचिवमा लोकबहादुर राई र एगा अर्याल निर्वाचित भएका छन् । राईले १ सय ९६ र अर्यालले १ सय ८५ पत पाएका छन् । सहसचिवमा हेमकुमारी चौहान र सुवास पौडेल निर्वाचित भएका छन् । चौहानले २ सय ३० मत र पौडेलले १ सय ७० मत पाए ।