कांग्रेस धनुषाको पालिका र प्रदेशसभा क्षेत्रीय निर्वाचन आइतबार

कांग्रेस धनुषाको पालिका र प्रदेशसभा क्षेत्रीय निर्वाचन आइतबार



जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन आइतबार हुने भएको छ । निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले शनिबार सूचना प्रकाशित गरी प्राविधिक कारणले स्थगित गरिएको कांग्रेस धनुषाको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन आइतबार हुने जनाएको छ ।

शुक्रबार नै सूचना प्रकाशित गरी प्राविधिक समस्याका कारण धनुषाका पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन अनिश्चितकालकको लागि स्थगित गरिएको जानकारी दिइएको छ ।

पार्टीका वडा निर्वाचनमा खटेका मतदान अधिकृत, जिल्ला निर्वाचन अधिकृतलाई समयमा प्रतिवेदन नबुझाउनु, कतिपय वडा अधिवेशनको विवाद भई उजुरी परेको लगायतका प्राविधिक कारणले पालिका र प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृतको भनाई छ ।

पार्टीको वडा अधिवेशनमा क्रममा पार्टीका उपाध्यक्ष बिमलेन्द्र निधी समर्थकहरूले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवविरुद्ध धनुषाको फुलगमान विरोध गरेपछि निधीको आफ्नै गुट भित्र विवाद उत्पन्न भएको थियो । उक्त विवाद साम्य गर्न शुक्रबार निधीले दुवै पक्षलाई मिलाएपछि निर्वाचन अधिकृतले स्थगित गरेका पालिका र प्रदेश सभा क्षेत्रीय निर्वाचनको मिति पुनः घोषणा गरेका हुन् ।