विस्तृत शान्ति सम्झौैंता भएको आज १५ वर्ष पूरा

विस्तृत शान्ति सम्झौैंता भएको आज १५ वर्ष पूरा



काठमाडौं । नेपालमा विस्तृत शान्ति सम्झौैंता भएको आज १५ वर्ष पुरा भएको छ । सशस्त्र सङ्घर्षमा रहेको नेकपा माओवादी र नेपाल सरकारबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौंतामा हस्ताक्षर भएको थियो ।

सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए ।

विस्तृत शान्ति सम्झौंतापछि तत्कालीन माओवादी राजनीतिको मुलधारमा आएको थियो । उक्त शान्ति सम्झौंतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

सम्झौंतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउने विषयलाई प्राथमिकता दिइएको थियो । सम्झौंतामा उल्लेख भएअनुसार सेना समायोजन भइसकेको छ भने जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान पनि कार्यान्वयनमा आइसकेको छ । तर, सङक्रमणकालीन न्यायको काम भने हुन सकेको छैन । त्यसैगरी द्वन्द्वकालमा घाइते र उपेक्षित वर्गले पनि उचित न्याय पाउन नसकेको गुनासो गर्दै आएका छन् ।