प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?



जनकपुरधाम । दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ । आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्तालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो ।

योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा (एस)को गठबन्ध सरकार भएको छ ।