काँग्रेस महाधिवेशन: आज १४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन

काँग्रेस महाधिवेशन: आज १४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन



काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । निर्धारित कार्यतालिका अनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुन लागेको हो । १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सोलुखुम्बु जिल्लामा हिजो अधिवेशन शनिबार सम्पन्न भएको हो । जुम्लाको अधिवेशन हिजो सम्पन्न भएको छ । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्ने छन् । नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको शुक्रबार सम्पन्न अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम आउने क्रम जारी छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ६० वटामध्ये ४६ जिल्लामा नेतृत्व चयनको प्रक्रिया पूरा भएको जानकारी दिए ।