तरुण दलका अध्यक्ष बस्नेत सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधिमा विजयी

तरुण दलका अध्यक्ष बस्नेत सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधिमा विजयी



ललितपुर । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिध (खुल्ला) तर्फ २७८ मत ल्याएर विजयी भएका छन्।

खुल्ला तर्फ बीस केन्द्रीय महाधिवेशन प्रतिनिधि भाग लिएका मध्ये एक नम्बरमा मत पाएका थिए। बस्नेतले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा यस अघि नै गरिसकेका छन्।