‘देउवाले पाँच वर्ष प्रधानमन्त्री हुनुस् भन्दा मानिएन, अहिले उहाँलाई नै बनाउनुपर्‍यो’

‘देउवाले पाँच वर्ष प्रधानमन्त्री हुनुस् भन्दा मानिएन, अहिले उहाँलाई नै बनाउनुपर्‍यो’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री पद त्यागेर वैचारिक एकता, जनताप्रतिको निष्ठा र स्थिरताका लागि एमालेसँग एकता गरेको भन्दै दाहालले अहिले पुरानै अवस्थामा आइपुगेको बताए ।

‘देउवाले ५ वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मानिएन । वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो,’ उनले भने, ‘अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् खानुस् भन्ने अवस्था आयो । देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो ।’

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले थपे, ‘त्यसैअन्तर्गत बालुवाटार, बालकोट र सातै प्रदेशबाट आउट गरियो नि त ।’