December 08, 2021 मंसिर २२ , २०७८

विद्यार्थीलाई कोरोना विरुद्धको खोप विद्यालयमै

विद्यार्थीलाई कोरोना विरुद्धको खोप विद्यालयमै

काठमाडौं । सरकारले सबै विद्यार्थीलाई विद्यालयमै खोप दिने व्यवस्था गर्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप बुक’ भइसकेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले तीन करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिनुभयो ।