बारले आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च गर्ने

बारले आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च गर्ने



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार, सर्वाेच्च बार,बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुँदैछ । चरणवद्ध आन्दाेलनमा रहेकाे बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेकाे छ ।

बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम आज पनि बिहान १० बजे सुरु हुनेछ ।