कांग्रेस सिन्धुपाल्चोक १ को ‘क’ मा शेर्पा, २ को ‘क’ मा गिरी विजयी

कांग्रेस सिन्धुपाल्चोक १ को ‘क’ मा शेर्पा, २ को ‘क’ मा गिरी विजयी



सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा विजयी भएका छन् । चार सय ६४ मत पाएका शेर्पाले प्रतिस्पर्धी कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ५४ मत मात्र पाए ।

प्रदेश सभा कार्यसमितिमा उपसभापतिमा च्याङा शेर्पा र टेकबहादुर गुभाजु विजयी भएका छन् । उनीहरूले तीन सय ९७ र तीन सय ५२ मत ल्याउँदा प्रतिस्पर्धीहरू घ्युकाजी खड्का र श्याम तामाङले क्रमशस् ७८ र ८८ मत पाए ।

सचिव पदमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । सहसचिव पदमा उमेश सुवेदी र राजेन्द्रविक्रम थापा निर्वाचित भए । उनीहरूले क्रमशस् तीन सय ९५ र तीन सय ७४ मत पाए ।

प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ को सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे ।

उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव लम्साल एक सय ९७ मत ल्याएर विजयी भएका छन् । अरूणबहादुर तामाङले एक सय ५६ मत र भीमबहादुर घलेले एक सय ७२ मत ल्याए ।

सचिव पदमा एक सय ९२ र एक सय ८५ मत ल्याएर क्रमशस् छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धी उम्मेदवार मानकाजी तामाङ र विदुर भट्टराईले एक सय ८३ र एक सय ६४ मत प्राप्त गरे । सहसचिवमा दुई सय २८ मत ल्याएर पुन्यप्रसाद घोरासैनी र दुई सय १२ मत ल्याएर सरोज न्यौपाने विजयी भएको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ ।