केपी ओली जहाजमा, भीम रावल सडकमा

केपी ओली जहाजमा, भीम रावल सडकमा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन् ।

योगेशले गरे स्वागत
१०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा पुगेकोमा उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन् । रावल स्थलमार्गबाट महाधिवेशन स्थल पुगेका थिए। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट जहाजबाट उडेर चितवन पुग्दा रावल स्थल मार्ग हुँदै चितवन पुगेका हुन्।