प्रधानमन्त्रीका भतिज प्रकास देउवा महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत सहित निर्वाचित

प्रधानमन्त्रीका भतिज प्रकास देउवा महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत सहित निर्वाचित



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा अत्याधिक मतसहित काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका छन् । प्रधानमन्त्री देउवाका भतिज रहेका प्रकाशबहादुर देउवा स्वकिय सचिवसमेत हुन् ।

प्रकाश कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधीमा खुला तर्फ सर्वाधिक मत सहित विजयी भएका हुन् । खुलातर्फबाट प्रतिश्पर्धा गरेका प्रकाशले तिन सय तिन मत प्राप्त गरेका थिए । प्रकाश धनगढी उपमहानगरपालिका वडा नम्वर ४ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका थिए । अत्याधिक मतसहित काँग्रेस महाधिवेशन प्रतिनिधि बनेका प्रकाशको राजनीतिक भविष्य सुखद देखिएको चर्चा धनगढी काँग्रेसका कार्यकर्ताविच चलेको छ । सरल र मिजाशिलो स्वभावका प्रकाश काँग्रेस वृत्तमा प्रिय पात्रका रुपमा चिनिन्छन् ।