कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । स्वास्थ्यमा समस्या देखाउँदै वरिष्ठ अधिवक्ता यादवले राजीनामा दिएका थिए ।

रिक्त केन्द्रीय निर्वाचन समितिको संयोजक पदमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घिमिरे निर्वाचन समिति सदस्य थिए ।