कांग्रेसको प्रदेश अधिवेशन दुई दिन सर्ने

कांग्रेसको प्रदेश अधिवेशन दुई दिन सर्ने



काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्ने भएको छ। मंसीर १६ र १७ गतेका लागि तोकिएको कांग्रेसको अधिवेशन अब १८ र १९ गते हुने भएको हो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच सोमबार भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने सहमति बनेको हो । कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ गतेदेखि २६ सम्म काठमाडौंमा हुँदैछ ।