कांग्रेस महाधिवेशनः घोषित ६२ जिल्ला सभापतिमध्ये ३४ मा संस्थापनको पकड

कांग्रेस महाधिवेशनः घोषित ६२ जिल्ला सभापतिमध्ये ३४ मा संस्थापनको पकड



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको हालसम्म ६२ जिल्ला सभापतिको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्ला सभापतिमा संस्थापन पक्षले अग्रता हासिल गरेको छ । पछिल्लो ताजा मत परिणाम अनुसार संस्थापन शेरबहादुर देउवा पक्षबाट धनकुटा सभापतिमा दिनेश राई, सोलुखुम्बुमा नाम्गेल जाङबु शेर्पा, रसुवामा पेम्बा छिरिङ शेर्पा विजयी भएका छन् । बर्दियामा प्रकाश सिंह राठोर, भक्तपुरमा दुर्लभ थापा, डोटीमा नरेन्द्रबहादुर सिंह, ओखलढुंगामा तेजेन्द्र खनाल, पर्वतमा युवराज जोशी, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, बाग्लुङमा जीत बहादुर शेरचन र रुपन्देहीमा रामकृष्ण खाँण संस्थापन पक्षबाटै सभापति बनेका छन् ।

संस्थापन पक्षबाटै कञ्चनपुरमा पदम बोगटी, ललितपुरमा जितेन्द्रकुमार श्रेष्ठ, इलाममा डम्मर खड्का, नुवाकोटमा रमेश महत, ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही र बझाङमा खडक बोहरा, उदयपुरमा हिमाल शर्मा, सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा.टकराज गुरुङ विजयी भए ।

यसैगरी म्याग्दीमा खमबहादुर गर्बुजा, मनाङमा शंकर गुरुङ, कास्कीमा किशोरदत्त बराल, सुर्खेतमा खड्क पोखरेल, तनहुँमा जितप्रकाश आले र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भएका छन् ।

संस्थापन इतरबाट मोरङमा डिक बहादुर लिम्बु, खोटाङमा विष्णुकुमार राई, पश्चिम नवलपरासीमा अर्जुनकुमार पोखरेल, पाल्पामा हिमालदत्त श्रेष्ठ, दैलेखमा मणीराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही र दोलखामा बर्मा लामा विजयी भए । कपिलवस्तुमा अब्दुल कलाम, स्याङ्जामा राजु थापा, काठमाडौंमा सबुज कृष्ण बानिया, दार्चुलामा ललितसिंह बोहोरा, दाङमा शंकर डाँगी र रोल्पामा किशोर आचार्यले जितेका छन् ।

संस्थापन इतरबाटै मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल पनि जिल्ला सभापति बनेका छन् । अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे निर्बाचित भए । सुनसरीमा केदार भण्डारी, धादिङमा रामनाथ अधिकारी, गुल्मीमा खिलध्वज पन्थी र दैलेखमा मणिराम रेग्मी पनि संस्थापन इतरबाटै सभापतिमा विजयी भएका छन् । झापामा सिटौला पक्षका देउकुमार थेवे निर्बाचित भएका छन् ।