राष्ट्रिय हितको मुद्दा सबै दल मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री

राष्ट्रिय हितको मुद्दा सबै दल मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकका हित रहेको बताए । राप्रपाको महाधिवेशनलाई उनले सफलताको कामना पनि गरे ।