कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै



धनगढी।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । उनी बलायरको प्यानलबाट उपसभापतिमा रघुवर भट्ट र जनकराज चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सहमहामन्त्रीमा अम्बिाका चलाउने, गोपालदत्त भट्ट, चिन्तामणि भट्टले उम्मेदवारी दिएका छन् ।

यसैगरी समूह समूहको उपसभापतिमा गोपाल गुरुङ, मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुरुधाणी र रामबहादुर शाही, सहमहामन्त्रीमा लक्ष्मण शाही र डम्मरी महराले उम्मेदवारी दिएका छन् । यसैगरी पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी कुँवरले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । दुई मात्र उम्मेदवार भएकाले सभापतिको निर्वाचनमा अब एकै चरणमा नतिजा आउने भएको छ ।