काँग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका शाही विजयी

काँग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका शाही विजयी



सुर्खेत । नेपाली काँग्रेसको कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे। विजयी शाही संस्थापन पक्षका हुन् । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।