कांग्रेस प्रदेश १ मा देउवा–सिटौला समूहका उद्वव थापा सभापतिमा विजयी, गुरु घिमिरे दुई मतले पराजित

कांग्रेस प्रदेश १ मा देउवा–सिटौला समूहका उद्वव थापा सभापतिमा विजयी, गुरु घिमिरे दुई मतले पराजित



इटहरी । नेपाली कांग्रेस प्रदेश १ मा संस्थापन पक्षको बर्चश्व कायम भएको छ । शनिबार भएको मतदानको अन्तिम मतपरिणाम सोमबार बिहान आउँदा देउवा–सिटौला समूहका उद्वव थापा दुई मतान्तरले विजयी भएका हुन् ।

थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेल–कोइराला समूहका गुरु घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । सोमबार बिहान ३ः३० बजे निर्वाचन समितिले अन्तिम मतपरिणाम घोषणा गरेको हो । थापा कांग्रेस झापाका पूर्व सभापति हुन् भने घिमिरे नेविसंघका पूर्व सभापति तथा कांग्रेसका केन्द्रीय सदस्य भइसकेका छन् ।

यस्तै, उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । उनीहरूलाई क्रमश ८९१ र ८४७ मत प्राप्त भएको छ । निकटतम प्रतिद्वन्द्वी गोविन्द प्रसाद ढुंगाना (केदार) को ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) को ६६९ मत आएको छ ।

यस्तै, महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै, संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन् । सह–महामन्त्रीमा महिलातर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छन् ।

यस्तै, सह–महामन्त्री खुल्लातर्फ खड्ग फागोले १ हजार २६ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै, अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन् ।
कस्को कति मत ?

सभापति :
१.उद्दव थापा –८४४
२.गुरुराज घिमिरे –८४२

उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना (केदार) –७६५
२.टंक प्रसाद राई –८४७
३.रमेशजंग रायमाझी –८९१
४.बिश्वनाथ रिजाल (त्रिलोचन) –६६९

महामन्त्री :
१.उमेश थापा –८२३
२.दिपन कुमार श्रेष्ठ –७६४
३.पदम सुन्दर पालुङ्गवा –८०७
४.भुपेन्द्र राई –८२४

सह–महामन्त्री :
१.प्रमिला गछदार –८३७
२.सीता कार्की –७३३

सह–महामन्त्री :
१.खड्ग फागो –१०२६
२.रोहित कुमार शाह –६६५
३.बिनोद कुमार बस्नेत –७४७
४.विरकाजी राई –६४७
५.शुभचन्द्र राई –८४