आजबाट प्रचण्ड दुई दिन एकान्तबासमा

आजबाट प्रचण्ड दुई दिन एकान्तबासमा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जाने भएका छन् । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ ।

‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ । अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ’ अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ ।

एकान्तवासमा भए पनि प्रचण्डले प्रदेश सम्मेलन, राष्ट्रिय सम्मलनका लागि अनौपचारिक रुपमा भने कुराकानी र छलफललाई निरन्तरता दिनुहुने भएको छ । यही मङ्सिर २५ मा माओवादीको प्रदेश सम्मेलन हुँदैछ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ ।