कांग्रेस महाधिवेशन : आचारसंहिता जारी, मतदान तालिका सार्वजनिक

कांग्रेस महाधिवेशन : आचारसंहिता जारी, मतदान तालिका सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ । महाधिवेशन आयोजनास्थल काठमाडौंको भृकुटीमण्डप र कांग्रेस केन्द्रीय कार्यालयको ५ सय मिटर आसपासमा प्रचार सामग्री राख्न निर्वाचन समितिले रोक लगाएको छ । समितिले आचारसंहिता उल्लघंन गर्ने उम्मेदवारको प्रचार सामग्री हटाउने समेत जनाएको छ ।

त्यस्तै मतदानस्थलभित्र मोबाइल लिएर जान समेत निषेध गरिएको छ । भने कसैलाई व्यक्तिगत रुपमा आक्षेप गरेर प्रचार प्रसार गर्न समेत निषेध गरिएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ ।

समितिका अनुसार मंसीर २४ गते ११ बजे मतदाता नामावली प्रकाशन, २५ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय निर्धारण गरेको छ ।

मंसीर २५ गते मध्यरातको १२ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको निर्वाचन समितिले मंसीर २६ गते दिउँसो साव १२ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ । भने मंसीर २७ गते बिहान ८ बजेबाट मतदान शुरु गर्ने भएको छ ।