शेर बहादुर देउवाले भनेः ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन जिताउनुस् साथीहरु

शेर बहादुर देउवाले भनेः ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन जिताउनुस् साथीहरु



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।

उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए । उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे । ‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।

देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसकै सरकार बनाएर देखाउने दाबी गरेका छन् । सभापति देउवाले आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसकै बन्ने दाबी गरेका हुन् । उनले ओली नेतृत्वको सरकार हुँदा मुलुकमा डर त्रास व्याप्त रहेकोमा अहिले त्यसबाट देशलाई मुक्ति मिलेको बताए । उनले ओली प्रवृतिबाट मुक्त गर्न नेपालमा कांग्रेस युक्त सरकार आवश्यक रहेको बताएका छन् ।

यसका साथै देउवाले कम्युनिस्ट शासनबाट मुक्त गर्न एक पटक आफूलाई कांग्रेस सभापतिमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । ‘कांग्रेसलाई पहिलो पार्टी बनाएर देशको नेतृत्वमा ल्याऔं । कांग्रेसलाई स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्ने पार्टी बनाउने जिम्मा म लिन्छु । तपाईं एक पटक मलाईं निर्वाचित गराउनुहोस्,’ उनले भने ।