सभापति देउवाले रोजे महामन्त्रीमा डा. प्रकाशशरण महत

सभापति देउवाले रोजे महामन्त्रीमा डा. प्रकाशशरण महत



काठमाडौं । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री पदमा कसलाई रोज्छन भन्ने अन्योल अन्त्य भएको छ । उनले डा. प्रकाशशरण महतलाई महामन्त्री पदमा छानेपछि महामन्त्री पदको अन्योलता हटेको हो । देउवा समूहको शनिबार बालवाटारमा बसेको बैठकले महामन्त्रीमा डा. महतलाई अघि सार्ने निर्णय गरेको थियो ।

महामन्त्रीको दौडमा डा. महतलगायत बालकृष्ण खाँण, एनपी साउद र विश्वप्रकाश शर्मा रहेका थिए । सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भएको सहमतिअनुसार प्रदीप पौडेललाई उठाउने सहमति भइसकेको बताइएको छ । देउवा समूहले आज मध्यान्नसम्म प्यानल नै गएर उम्मेदवारी मनोनय गर्ने बताइएको छ ।