पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी

पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी



काठमाडौं । सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् । आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफुने भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।

जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् ।

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।

२. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो ।

३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।

४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।

५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।