टिम देउवाबाट को–कसले दिए उम्मेदवारी

टिम देउवाबाट को–कसले दिए उम्मेदवारी



काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको संस्थापन समूहले उम्मेदवारी मनोनय गराएका छन् । १३ पदाधिकारीसहित १ सय ३४ जनाले संस्थापन समूहबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

सभापतिमा शेरबहादुर देउवा, उपाध्यक्षमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, महामन्त्रीमा डा. प्रकाश शरण महत र प्रदीप पौडेलले मनोनय गराएका छन् भने महिला कोटातर्फ सहमहामन्त्रीहरुमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई अघि सारिएको छ ।

त्यस्तै मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लाले उम्मेदवारी मनोनयन गराएका छन् ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायण बहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासी पूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लीला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुराले उम्मेदवार मनोनयन गराएका छन् । खुलातर्फबाट केन्द्रीय सदस्यको नाम भने गोप्य नै राखिएको छ ।