सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता

सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएकाे छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएकाे निर्वाचन समितिले जनाएकाे छ।

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

नाम फिर्ता लिनेहरु
सभापति: युवराज न्यौपाने
सहमहामन्त्री: सुरेन्द्रप्रसाद चौधरी

सदस्यहरु
१. जंगीलाल राय प्रदेश २
२. संजयकुमार यादव मधेशी
३. गोविन्दराज बोहरा सुप
४. मीन विश्वकर्मा दलित
५. सीताराम महतो मधेशी
६. जुनाकुमारी दानी खसआर्य
७. दीपक अधिकारी खसआर्य
८. भीमार्जन आचार्य खुला
९. इन्दिरा थापा प्रदेश १
१०. गणेशकुमार मण्डल मधेशी
११. विना पौडेल महिला
१२. भक्तबहादुर बलायर
१३. माया राना जनजाति
१४. गोपीलाल विक दलित
१५. मीनाकुमारी थापा महिला
१६. विष्णु पौडेल खसआर्य
१७. अनु गुरुङ जनजनति
१८. शकुन्तला थापा महिला
१९. महेशकुमार कोर्मोचा आदिवासीजनजाति
२०. सिंहबहादुर राना जनजाति
२१. संगीता मण्डल खुला
२२. सीता पौडेल प्रदेश १
२३. कमलप्रसाद भुसाल लुम्बिनी प्रदेश
२४. उमेशकुमार बस्नेत, खसआर्य
२५. माधवप्रसाद आचार्य, लुम्विनी प्रदेश
२६. केशवबहादुर चन्द, सुप प्रदेश
२७. विमल धमला, दलित (निरबहाद्र विक)
२८. राजुराज जोशी, वाग्मती प्रदेश
२९. गजेन्द्रबहादुर हमाल, लुम्विनी
३०. रवीन्द्रमान श्रेष्ठ खुला
३१. दामोदर भुसाल खुला
३२. हरिमोहन भण्डारी खसआर्य
३३. गणेशबहादुर खत्री अपांग
३४. लोकप्रसाद संग्रोला खस
३५. महेश नेपाली दलित
३६. बाला अधिकारी खुला
३७. मुरारीप्रसाद आचार्य, खुला
३८. डा खगेन्द्र पाण्डव अधिकारी, खुला
३९. देवराज भट्टराई, अपांग
४०. टेकनारायण महतो थारु
४१. राजेन्द्र जैसवाल मधेशी
४२ पार्वती शाह, खसआर्य
४३. इस्तियाक मोहमद खाँ
४४. वीरवल राई, प्रदेश १
४५. केशव थापा, खुला
४६. माया क्षेत्री बराल कार्की, खस
४७. भूमिप्रसाद राजवंशी, आदिवासी जनजाति
४८. प्रकाश महर्जन, आदिवासीजनजाति
४९. रोहित विश्वकर्मा, दलित
५०. टेकनारायण पाण्डे, अपांग
५१. देवीप्रसाद चौधरी, थारु
५२. उत्तमप्रसाद चापागाई खुला
५३. युवराज गुरुङ, आदिवासी जनजाति
५४. तिलप्रसाद सुब्बा, जनजाति
५५. राजेन्द्रबहाद्र गोर्खाली (राजु) खुला