कांग्रेस महाधिवेशन : ४९१ जना चुनावी मैदानमा

कांग्रेस महाधिवेशन : ४९१ जना चुनावी मैदानमा



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् ।

सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरी र ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् ।

आइतबार दिउँसो १ बजेसम्मका लागि मनोनयन फिर्ताका लागि दिएको समयमा एक सभापति, एक सहमहामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।