यी हुन् देउवा प्यानलका १२५ उम्मेदवार (नामसहित)

यी हुन् देउवा प्यानलका १२५ उम्मेदवार (नामसहित)



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार उम्मेदवारी दिएकाहरूमध्ये नाम फिर्ता लिन चाहनेहरूका लागि आज बिहान १ बजेसम्मको समय दिइएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । 

१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् । 

आगामी चार वर्ष कांग्रेसको नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वर्तमान उपभासपति विमलेन्द्र निधि तथा नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दिएका छन्। यसै क्रममा देउवा प्यानलबाट सभापतिदेखि केन्द्रीय सदस्यसम्म १२५ जनाले उम्मेदवारी दिएका छन्।