महाधिवेशन प्रतिनिधिका बीच देउबा, खाना पनि सँगै खाए

महाधिवेशन प्रतिनिधिका बीच देउबा, खाना पनि सँगै खाए



काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा आज आइतबार बिहानैदेखि महाधिवेशन प्रतिनिधि र कार्यकर्तासँग भेटघाटमा व्यस्त रहे। भेटघाटमा उनले महाधिवेशन प्रतिनिधिहरु र कार्यकर्तासँग अन्तरक्रिया परामर्शमा व्यस्त देखिन्थे ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागेका थिए।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गरेका थिए। खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेका थिए।

उनले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिएका थिए। उनले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर लिएका थिए।