कांग्रेस महाधिवेशनमा ६ बजेसम्म २८ सय ९ मत खस्यो

कांग्रेस महाधिवेशनमा ६ बजेसम्म २८ सय ९ मत खस्यो



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका छन् । साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् ।

कांग्रेको जारी १४ औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कागजी मतदानमा एक जनालाई मत हाल्का लागि एक जनालाई आधा घण्टा भन्दा धेरै समय लागिरहेको जनाइएको छ ।

विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र मतदान सुरु भएको थियो । राति ९ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु हुने जनाइएको छ ।