कांग्रेस सभापति चयन दोस्रो चरणमा

कांग्रेस सभापति चयन दोस्रो चरणमा



काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको चयन दोस्रो चरणमा प्रवेश गरेको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याएकाले सभापति चयन चरणमा प्रवेश गरेको हो । वर्तमान सभापति शेरबहादुर देउवालाई सभापति बन्न ८२ मत पुगेन । उनले कूल खसेको मत ४ हजार ६८१ मतमध्ये २ हजार २ सय ५८ मत मात्र प्राप्त गरे ।

देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १ हजार ७२९ मत प्राप्त गरे । त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ मत प्राप्त गरे भने कल्याण गुरुङको नाममा २० मत रह्यो ।

दोस्रो चरणमा अब शेरबहादुर देउवाले डा. शेखर कोइरालाको सामना गर्नुपर्नेछ । अब कस्तो समीकरण बन्छ त्यो मत परिणामपछि मात्र थाहा हुनेछ ।