लिड्सविरुद्ध सिटीले गर्‍याे गाेलकाे वर्षा

लिड्सविरुद्ध सिटीले गर्‍याे गाेलकाे वर्षा



काठमाडौं । अट्याकरले प्रभावशाली प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिगमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले लिड्स युनाईटेडविरुद्ध आधा दर्जन गोलको वर्षा गरेको छ । मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १/१ गोल गरे । सिटीका अट्याकरले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पहिलो हाफमै ३ गोल भएको थियो भने दोस्रो हाफमा थप ४ गोल भए । डिफेन्डिङ च्याम्पियन सिटीको यो सिजनकै सबैभन्दा ठूलो जित हो ।

खेलको आठौँ मिनेटमा फिल फोडेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । १३औँ मिनेटमा ज्याकले गोल गर्दा सिटीले दोहोरो अग्रता बनायो । ३२औँ मिनेटमा डि ब्रुयनले गोल गर्दा सिटीले पहिलो हाफमै ३-० अन्तरको अग्रता बनायो ।

रियादको गोलमा ४९ औं मिनेटमा सिटीले चौथो अग्रता बनायो । ६२ मिनेटमा ब्रुयनले ब्यक्तिगत दोस्रो गोल गरे । स्टोनेसले ७४ औं मिनेटमा आधा दर्जन गोल पुर्याए । नाथनले ७८ औं मिनेटमा गोल गर्दा सिटीले ७–० अन्तरको फराकिलो जित पायो ।

मंगलबार रातिनै भएको खेलमा एस्टन भिल्लाले घरेलु टोली नर्विचलाई २–० अन्तरले पराजित गर्याे । जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । १७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ । १ खेल कम खेलेको लिभरपुल ३७ अंक सहित दोस्रो स्थानमा छ । पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ ।