आज उपसभापतिको मात्र मतगणना

आज उपसभापतिको मात्र मतगणना



काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आजदेखि पदाधिकारीको मतगणना सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज उपसभापति पदको मात्र मतणना हुने छ ।

“आज हामी उपसभापतिको मात्र मतगणना सुरु गर्छौँ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुने छ,” उनले भने । पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने छ । मतपेटिकाहरु यसअघि नै सानेपामा लगिएको छ ।

दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा छन्। सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ। साथै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिष्पर्धामा छन्।