कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । गगनले ३ हजार २३ मत ल्याएर पहिलो भए भने शर्माले एक हजार ९८४ मत प्राप्त गरे । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा र शर्मा विजयी भएका हुन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सानेपास्थित पार्टी मुख्यालयमा भएको मतगणनाको अन्तिम मतपरिणाम घोषणा गरेको मिडियो सेन्टरका संयोजक सुरेश आचार्यले जानकारी दिए ।

थापा डा. शेखर कोइराला प्यानल र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा लडेका हुन् । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा थिए । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी थिए ।

सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।