न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित



लन्डन । एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । लिभरपुलरको १२औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नाेल्डले १/१ गोल गरे ।

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए । २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए । २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए ।

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्काे कीर्तिमान बनाएका छन् । उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन् । खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको पुनरागमन जित दिलाए ।

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

एभर्टनसँग रोकियो चेल्सी
जेराद ब्रान्थवेटले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । १७औँ चरण अन्तर्गत बिहीबार राति भएको एभर्टनसँगको खेलमा चेल्सी १–१ गोल अन्तरमा रोकिँदै अंक बाँडन बाध्य भएको हो । स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफमा घरेलु टोली चेल्सीले अग्रता बनायो । मासन माउन्टले ७०औँ मिनेटमा गोल गरे । तर त्यसको ४ मिनेटमै ब्रान्थवेटले गोल फर्काएपछि चेल्सी रोकिएको हो ।

बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । चेल्सीले प्रिमियर लिगमा पछिल्लो ३ खेलबाट ५ अंक गुमाएको छ । बराबरीसँगै चेल्सी उपाधि होल्डमा ४ अंकले पछि परेको छ । चेल्सीको १७ खेलबाट ३७ अंक सहित तेस्राँे स्थानमा छ । यता, एभर्टन समान खेलबाट १९ अंक सहित १४ औं स्थानमा छ ।

गय राति नै भएको खेलमा न्युक्यासल युनाईटेडलाई एक गोलले पछि परेको स्थितीमा ३ गोल गर्दै लिभरपुलले जित निकालेको छ । जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।