सहमहामन्त्रीमा देउवा समूहका राठौर निर्वाचित

सहमहामन्त्रीमा देउवा समूहका राठौर निर्वाचित



काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा समूहका राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर २५७६ मत पाएर निर्वाचित भएका हुन् भने चालिसेले २०५९ मत मात्र प्राप्त गरे ।