युट्युबमा आयो ‘फुर्वाः द नेचर गाइ’

युट्युबमा आयो ‘फुर्वाः द नेचर गाइ’



काठमाडौं । हिमाली भेगको जनजीवनलाई चित्रण गरिएको फिल्म ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा रिलिज भएको छ । वाई के फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्ममा युगल पोमो लिम्बुको कथा र निर्देशन छ ।

फिल्ममा सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीलगायतका अभिनय हेर्न सकिन्छ । फिल्म धादिङको रुबी भ्यालीमा छायांकन गरिएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर अवार्डसमेत जितिसकेको यो फिल्ममा दिप्तप्रकाश कश्यपको पटकथा, मिनकुमार विष्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत, टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ ।

फिल्ममा बुद्ध थापाको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, विक्रम राईको स्वर र संगीत रहेको छ । श्याम इङ्नाम, रेजिना साँवा र हिम सिंघक निर्माता रहेको फिल्ममा हेमराज अनछङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता छन् ।