कांग्रेस खुला केन्द्रीय सदस्य: २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति मत पाए ?

कांग्रेस खुला केन्द्रीय सदस्य: २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति मत पाए ?



काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् । ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।

एक हजार मत कटाउने नेताहरु:
१) डा शशांक कोइराला :- १९७१
२) एनपी साउद :- १५३८
३) बाल कृष्ण खाँण :- १५०७
४) रमेश लेखक :- १४५१
५) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३
६) उदय सम्शेर राणा :- १४४५
७) रामहरी खतिवडा :- १३९५
८) अर्जुननरसिंह केसी :- १३८३
९) गोपाल मान श्रेष्ठ :- १३२३
१०) जिप छिरिङ लामा :- १३१२
११) जितजंग बस्नेत :- १२८३
१२) नैन सिंह महर :- १२८२
१३) डा रामशरण महत :- १२८१
१४) सुनिल बहादुर थापा :- १२४६
१५) बल बहादुर केसी :- १२३३
१६) दिलेन्द्र प्रसाद बडु :- १२३१
१७) मोहन बहादुर बस्नेत :- १२०२
१८) दिपक गिरि :- ११७४
१९) सुरेन्द्र राज पाण्डे :- ११५१
२०) कुन्दन राज काफ्ले :- ११४३
२१) सन्जय कुमार गौतम :- १००१

९ सय कटाउने:
२२) प्राडा गोविन्दराज पोखरेल :- ९६२
२३) राजीव ढुंगाना :- ९३५
२४) डा. गोपाल दहित :- ९३१
२५) कृष्णकिशोर घिमिरे :- ९२९
२६) दिनेश कोइराला :- ९२५
२७) बिरेन्द्र कुमार कनौडिया :- ९१९
२८) इ मोहन आचार्य :- ९१३
२९) अजयबाबु सिवाकोटी :- ९०९
३०) मदन बहादुर अमात्य :- ९०८

आठ सय कटाउने:
३१) उमेश जंग रायमाझी :- ८९१
३२) गणेश लामा :- ८८८
३३) मंगल प्रसाद थारु :- ८७१
३४) मनोज मणि अचार्य :- ८५४
३५) केदार कार्की :- ८१९
३६) यज्ञ बहादुर थापा :- ८०७

थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् । यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ ।