आज लिम्बु समुदायले चासोक तङनाम मनाउँदै

आज लिम्बु समुदायले चासोक तङनाम मनाउँदै



तेह्रथुम । पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीकाे रुपमा पनि लिईन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम आर्थत (न्वागीपुजा) पनि एक हो । पाकेकाे अन्नबाली प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ ।

लिम्बु समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउछन । लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ ।

तेह्रथुम लगायत पूर्वका विभिन्न जिल्लाहरुमा लिम्बु समुदायले विविध कार्यक्रम गरि धुमधामका साथ चासोक तङनाम मनाई रहेका छन् । चासोक तङनाम पछिल्लो समय सामुहिक रुपमा सुख र दु:ख बाँड्ने पर्वको रुपमा मनाउन थालिएको तुलसी तिगेला बताउँछन् ।

पर्वको अवसरमा लिम्बु समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपन्मुख खेलसमेत सञ्चालन गरिन्छ । तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभीयान्ता दिल पाक्साँवा बताउँछन ।

पछिल्लो समय लिम्बु समुदायले आफ्नो भाषा, लिपी र संस्कृतिकाे संरक्षणमा चासो दिन थालेको पाइन्छ । पर्वहरुले सबै नागरिकहरुलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन् । पूर्वी नेपाललगायत देश भित्र र बाहिर रहेका लिम्बुहरुले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन । याे पर्वकाे अवसरमा सरकारले स्थानीय बिदा दिएकाे छ ।